काठमाडौं । सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बालकुमारी घटनाबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले मन्त्री श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।
उनले भने, ‘मेरो भिन्न कुरा छ । यो घटना के घट्यो कसरी घट्यो भन्ने दुनियाँले देख्यो । समिति पनि बनाउनुभयो । तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अव तपाई राजीनामा दिनुस् । सबैभन्दा राम्रो कुरा तपाई दिनुस्, दिनैपर्यो ।’
उनले युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिएर कसले दिन्छ भन्दै प्रश्न गरे ।
गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको थियो । घटनामा दुई युवकको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।
FACEBOOK COMMENTS