काठमाडौं । होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्यायाएको छ ।
यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रूपैयाँसम्मको नगद छुट, २ वर्षका लागि गाडीको बीमा र कर छुट तथा ५ वर्षसम्म गाडी सर्भिसिङको सुविधा पनि निःशुक्त पाउन सक्नेछन् ।
यसमा ग्राहकहरूलाई सजिलो फाइनान्सको सुविधा दिनका निम्ति होण्डा कारको खरिद गर्दा आकर्षक ब्याजरदरका साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराउने कार्य भइरहेको छ ।
कम्पनीले ग्राहकहरूलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘फ्री एक्सेसरिज’ र ‘स्पट एक्सचेन्ज’ को पनि सुविधा उपलब्ध गराउनेछ ।
यस्तै होण्डाले आफ्ना ग्राहकहरूलाई ‘रोड साइड असिस्टेन्स’ को सुविधा दिनुका साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ ।
यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रूचाइएको र विश्वास गरिएको होण्डा कारको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साहन जगाउने विश्वास कम्पीनीले लिएको छ ।
FACEBOOK COMMENTS