काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होण्डा एनएक्स२०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ ।
‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएन्सरहरूलाई शहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइयो ।
टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरू भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तीवनको जंगल पार गर्दै हात्तीवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुंगिया । शहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएन्सरहरूलाई एनएक्स२०० को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको छ ।
एनएक्स२०० मिट एण्ड ग्रिट कार्यक्रममा साहसिक यात्राप्रेमी र शहरमा सवार गर्न रूचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाए । यसले बाइकको ‘एडभेन्चर-क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ ।
बाइकमा रहेको यूएसडी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले एनएक्स२०० बाइकले अफरोड यात्राका लागि विशेषगरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ । यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल एबीएसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ ।
२०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराइट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ ।
कार्यक्रमपछि प्रकृतिमय हात्तीवन हिमालयन हाइट रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
FACEBOOK COMMENTS