काठमाडौं । विशेषत कार र प्रिमियम मोटरसाइकलमा उपलब्ध हुँदै आएको एयरव्याग अब स्कुटरमा पनि प्रयोग हुने भएको छ । दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना धेरै मानिसको मृत्यु टाउकोमा चोट लागेर हुने गरेको भन्दै स्कुटरमा पनि एयरव्याग दिन लागिएको हो ।
जापानको अग्रणी मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी होन्डाले आफ्नो स्कुटरमा पनि एयरब्याग दिन लागेको हो । एयरव्यागको प्रयोगसँगै स्कुटरको मूल्य धेरै हुने भएकोले बजेट स्कुटर विक्री हुने बजारमा तत्काल एयरब्याग भएको स्कुटर उपलब्ध हुने कुरामा शंका छ ।
होन्डाले यसअघि नै सन् २००९ मा प्रयोग गरेको पिसिएक्स स्कुटरमा पुनः एयरब्याग दिन लागेको हो । स्कुटरको वीच भागमा नै एयरव्याग दिइने भएको कारण यसले दुर्घटनामा चालकलाई सुरक्षीत रहन सहयोग गर्नेछ ।
होन्डा विश्वभर सबैभन्दा धेरै स्कुटर उत्पादन र विक्री वितरण गर्ने ब्राण्ड हो । कम्पनीले भारतीय बजारमा निकै ठूलो परिमाणमा स्कुटर उत्पादन गर्दै आएको छ । साथै, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स र नेपाल जस्ता देशमा होन्डाको स्कुटर निकै सफल रहेका छन् ।
FACEBOOK COMMENTS