काठमाडौं । होन्डाका मोटरसाइकलको मूल्य ह्वात्तै बढेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले २०० सीसीभन्दा माथिका दुईपांग्रेमा कर छुट दिएसँगै अधिकांश मोटरसाइकलको मूल्य घटिरहेको बेलामा होन्डाले भने भारी मात्रमा बढाएको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले विग बाइक सेग्मेन्टमा विक्री गर्दै आएको सीबी ३५० सिरिजको सीबी हाइनेस ३५०, सीबी ३५० आरएस र होन्डा एक्सआर १९० एलको मूल्य बढाएको हो ।
कम्पनीले होन्डा हाइनेस ३५० र ३५० आरएस दुवै मोटरसाइकलको मूल्य समान ७७ हजार रुपैयाँले वृद्धि गरेको छ । यसअघि ८ लाख ४८ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको हाइनेसको मूल्य बढेर ९ लाख २५ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सीबी ३५० आरएसको मूल्य ८ लाख ९८ हजार ९०० रुपैयाँबाट बढाएर ९ लाख ७५ हजार ९०० रुपैयाँ पुर्याएको छ ।
त्यसैगरी, कम्पनीले विक्री गर्दे आएको डबल स्पोर्टस मोटरसाइकल होन्डा एक्सआर १९० को मूल्य ४१ हजार रुपैयाँले बढेको छ । यसअघि ६ लाख ९८ हजार रुपैयाँमा विक्री हुँदै आएको यो मोटरसाइकलको मूल्य बढेर ७ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS