काठमाडौं । होन्डाले आफ्नो नयाँ मोटरसाइकल ‘एसपी–१२५’ नेपालमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले चाँडै बजारमा ल्याउन लागेको एसपी–१२५ को बुकिङ्ग खुल्ला गरेको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले नाडा अटो शोमा २०२३ मा देखाएको एसपी–१२५ बुकिङ गर्न चाहकने जो कोहीले ५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।
होन्डाले भारतमा भन्दा पहिला अटो शो मार्फत सार्वजनिक गरेको मोटरसाइकल बिक्रीको लागि भने अब उपलब्ध गराउने भएको हो ।
‘हामीले नाडा अटो शोमा एसपी–१२५ स्पोर्टस् देखाएका थियौं । ग्राहकको प्रतिक्रिया पनि राम्रो थियो । अब छिट्टै बिक्री सुरु गर्ने तयारी भएको छ’, स्याकार ट्रेडिङ स्रोतले भन्यो ।
कम्पनीले दुई भेरियन्टमा एसपी–१२५ विक्री गर्ने तयारी गरेको छ । कम्पनीले एसपी–१२५ डिआरएसको मूल्य २ लाख ७८ हजार ९०० र एसपी डिडिएसको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
होन्डा एसपी–१२५ मा १२३.४ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
साइनभन्दा स्पोर्टी लुक भएको एसपी–१२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा कम्वी ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
एसपी–१२५ मा अलोय ह्वील, आकर्षक एलइडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्याङ्क पाउन सकिन्छ ।
FACEBOOK COMMENTS