![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । होन्डा गाडीको नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने छ ।
क्याम्प ललितपुरको धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन हुनेछ । ५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निःशुल्क निरीक्षण हुनेछ ।
गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS