काठमाडौं । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक होण्डाले नेपालमा नयाँ कीर्तिमान बनाएको छ ।
पाँच हजार ३०० मिटरको उचाई (उपल्लो डोल्पा) मा होण्डाले नयाँ कीर्तिमान रचेको हो । नेपालको सवारी साधन इतिहासमै होण्डको डिओ स्कुटर १२५ मार्फत ज्याङला पास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा तय गरेर कीर्तिमान निर्माण गरेको कम्पनीले बताएको छ ।
यो कीर्तिमानी यात्रा नेपाल एट्थ वन्डर (आठौँ आश्चर्य) टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटरमार्फत सम्पन्न गरेको हो ।
सहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुन: परिभाषित गरिदिएको कम्पनीको भनाइ छ । काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको यो मार्ग सहज थिएन ।
यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होण्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्याबिना यो यात्रा सम्पन्न गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस असाधारण सफलता, स्कूटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, इन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आइडेलिङ प्रणाली, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस) लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको दाबी छ ।
साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्थ वन्डरले जनाएको छ ।
नेपाल एट्थ वन्डर टोलीका अनुसार, यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो । उनले भने, ‘यदि तपाईंको साथमा सही सोच, समर्पित टोली र एक भरोसायोग्य सवारी छ भने, कुनै पनि दुर्गम गन्तव्य टाढा हुँदैन ।’ यो यात्रा नेपाली मोटरिङ इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ । होण्डा डिओ १२५ अब केवल सिटी स्कुटर नभएर, गन्तव्य भन्दा पर पुग्न तयार ‘मिशन कम्प्लिट’ सवारी प्रमाणित भएको छ ।
स्याकार ट्रेडिङ कम्पनी प्रालि, विगत ५७ वर्षदेखि जापानको होण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो । स्याकार ट्रेडिङ कम्पनी प्रालिले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होण्डाको विश्वस्त इन्जिनियरिङको सम्मिश्रणका रूपमा लिएको विज्ञप्तिमा जनाएको छ ।
कम्पनीले भविष्यमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकता अनुसार उच्च गुणस्तरीय सवारी साधन निरन्तररूपमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता दोहोर्याएको छ ।
FACEBOOK COMMENTS