दाङ । कानून व्यवसायी पुरुषलाई हनि ट्रयापमा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।
दाङका तत्कालीन प्रहरी प्रमुख, काविल प्रहरी अफिसर सुरेश काफ्लेले हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीनजना महीलालाई मुद्दा चलाएका थिए ।
होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिइ १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।
जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानून व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिए । बारा जिल्लामा प्रहरी प्रमुख रहेका एसपी काफ्लेले हनि ट्र्यापमा संलग्नलाई कानूनी दायरामा ल्याइ अदालतले फैसला सुनाएकोमा धन्यवाद दिए ।
उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तिममा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा चलेको थियो ।
उपदफा ३ ख बमोजिम कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाइ आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानूनी प्रावधान छ ।
FACEBOOK COMMENTS