काठमाडाैं । हङकङमा ‘हाइकिङ’ गएका दुई जनाको समुन्द्रमा डुबेर मृत्यु भएको छ।
६ जनाको समूहमा पदयात्राका लागि निस्केका उनीहरूमध्ये एक महिला शेक ओ नजिकै समुन्द्रमा खसेकी थिइन्।
उनी खसेपछि तुरुन्तै दुई पुरुष उनलाई बचाउनका लागि समुन्द्रमा हामफालेका थिए। उनीहरूमध्ये महिला र एक पुरुषको मृत्यु भएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
चिप्लिएर खस्ने महिला र उद्धारका लागि हामफालेका पुरुषहरू एकै परिवारका सदस्य हुन्।
मृत्यु भएका दुई जनालाई उद्धार टोलीले बेहोस अवस्थामा बाहिर निकालेका थिए भने एक जना आफैँ किनारामा आएका थिए।

बेहोस उनीहरूलाई तत्काल अस्पताल पुर्याइए पनि बचाउने प्रयास सफल हुन सकेन।
