काठमाडौं । नेपालकै चर्चित व्यूटि सैलुन फेसियल हाउसकी सञ्चालक तथा बरिष्ठ ब्युटिनिसियन सुस्मा महरा सम्मानित भएकी छिन् ।
विहिबार वीरजंगमा भएको नेपाल ब्युटिनिसियन संघको चौथो केन्द्रीयस महाधिवेशनमा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले महरालाई सम्मान गरेका हुन् ।
लामो समयदेखि निष्ठा र समर्पणका साग महिला उद्ममी, रोजगारदाता, सेवामूलक व्यवसाही, कुशल संगठनकर्ता एवं समाजसेवीका रूपमा निरन्तर सक्रियरही निष्ठापूर्वक व्यटिपार्लर सञ्चालन गरेको भन्दै महरालाई सम्मान गरेको संघले जनाएको छ ।
महरा नेपाल उद्योग बाणिज्य महासंघ, काठमाडौंको जिल्ला कोषाध्यक्षसमेत हुन् ।
सौदर्य क्षेत्रको अग्रनी व्यवपारिक प्रतिष्ठान ‘ब्यूटिसियन तथा हेयर डिजाइनर’लाई हेयर स्टाइल सम्बन्धि एड्भान्स सिप समेत सञ्चालन गर्ने नेपालकै नम्बर एक सैलुन फेसियल हाउस भएको भन्दै संघले संस्थाको सर्वाङ्गीण विकासमा पु¥याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन भएको जनाएको छ ।
नेपालकै एक प्रतिष्ठित फेसियल हाउस काठमाडौंसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् ।
काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, चावहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ ।
फेसियल हाउसले करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएकाे छ । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदैँ आएको छ ।
FACEBOOK COMMENTS