काठमाडौं । नेपालमा अब म्याजिक अफ ८ को अनुभव गर्ने समय आएको छ । अनरले आफ्नो नयाँ लाइनअप होनोर म्याजिक ८ प्रो, अनरएक्स८ डी र अनरपाड एक्स८ बी स्मार्ट फोन सार्वजनिक गरेको छ, जसले शक्तिशाली प्रदर्शन गर्नुका साथै एआई प्रविधिमा आकर्षक डिजाइन प्रस्तुत गरेको छ ।
आफ्नो डिभाइसबाट अझ बढी अपेक्षा गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको यो नयाँ सिरिजले दैनिक जीवनमा प्रविधि प्रयोग गर्ने तरिकालाई नयाँ ढंगले परिभाषित गर्ने कम्पनीले दाबी गरेको छ ।
यस नवप्रवर्तनको अग्रभागमा छ होनोर म्याजिक ८ प्रो, जुन उत्कृष्टता चाहने प्रयोगकर्ताहरूका लागि विशेष रूपमा तयार गरिएको हो। २०० एमपीको अल्ट्रा–क्लियर क्यामेरासँग यसले प्रत्येक विवरणलाई अद्भुत स्पष्टतासहित तस्बीर कैद गर्ने कम्पनीले जनाएको छ।
नवीनतम स्न्यापड्रागन ८ इलाइट जिन ५ प्रोसेसर र शक्तिशाली ७१०० एमएएच ब्याट्रीले यसलाई अत्यन्तै स्मूद प्रदर्शन र लामो समयसम्म टिक्ने पावर प्रदान गर्ने कम्पनीको दाबी छ।
एआई फोटो एजेन्ट र एआई सेफ्टी इनह्यासमेन्ट जस्ता उन्नत होनर एआई सुविधाहरूले म्याजिक म्याजिक ८ प्रोलाई अझ स्मार्ट र सहज बनाउँने कम्पनीले जनाएको छ। होनोर म्याजिक ८ प्रोको प्रि–बुकिङ मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ र सीमित समयका लागि ग्राहकहरुले ३० हजार मूल्य बराबरको होनोर पाड एक्स८बी नि:शुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसैगरी होनोर एक्स८बी ८जीबी प्लस १२८ जिबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८जिबी प्लस २५६ जिबीको मूल्य ४३ हजार ९९९ रुपैयाँ रहेको छ ।