अस्पतालाई ८८ लाखको सामग्री हस्तान्तरण
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                 कर्पोरट खबर                              
                                                      
                          
                               3:24 pm, बिहीबार, असार १४, २०८०
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               3:24 pm, बिहीबार, असार १४, २०८०  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
हेटौँडा । मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले  ८८ लाख ६० हजार चार सय बराबरको मुटुरोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्लामा नै मुटुरोग सम्बन्धी उपचार गराउने उद्देश्यले क्लबले अस्पताललाई उक्त उपकरण खरिद गरी हस्तान्तरण गरेको हो ।
उपकरण उपलब्ध भएपछि मुटुसम्बन्धी रोगको उपचारका लागि अब जिल्ला बाहिर जानु नपर्ने प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताउनुभयो । क्लबले अस्पतालका लागि टिएमटी स्क्यान, इसिजी मेसिन, होल्टर सिस्टम मेसिनलगायत सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए ।
अस्पतालको सेवामा थप प्रभावकारी बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कृष्ण कार्कीले बताए । सामाग्री हस्तान्तरण कार्यक्रममा हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायतको उपस्थिति थियो ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS