काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा परी घाइतेहरको सहजै उपचारका लागि बाँकेमा रहेका अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गम्भीर घाइतेको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको जनाइएको छ ।
भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको छ भने कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ ।
हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
FACEBOOK COMMENTS