ललितपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले आज गोदावरी नगरपालिका–११ स्थित बज्रबाराही अस्पताल अनुगमन अस्पतालमा देखिएका कमीकमजोरी दुई महिनाभित्र सुधार गर्न निर्देशन दिए ।
“अस्पतालमा आकस्मिक उपचार कक्षमा जाने बाटोमा समस्या रहेको, ल्याव र स्टोर व्यवस्थित नभएको, तोकिएअनुसार औषधि नराखिएको, सबै कर्मचारी र डाक्टर समयमै उपस्थित नभएको पाइएपछि दुई महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ”, अनुगमनपछि मन्त्री मगरले भने ।
उनले अस्पताल व्यवस्थापनले पनि सुधारको प्रतिबद्धता जनाएको उनले बताए ।
FACEBOOK COMMENTS