आज ओपीडी बन्द नगर्न अस्पताललाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।आज, भोलि र पर्सि लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed