चितवन । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रसहित नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा भव्य समारोहबीच औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ ।
नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म बहत नेपाली खाना प्रवद्र्धन बृहत कार्यक्रम हुने भएको छ । कात्तिक २७, २८ र २९ गतेसम्म चल्ने उक्त बृहत नेपाली खाना प्रदर्शनीमा देशभरका पौवाका शाखाबाट आएका सेफहरूले आफुले तयार पारेका खाद्य कला पस्किनेछन् ।
होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवद्र्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ । “पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,” भण्डारीले भने ।
भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ ।
निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा छ । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ । भरतपुरको मध्यभागमा अवस्थित पौवाले आतिथ्य उद्योगका सबै विधामा सेवा प्रदान गरेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताए । उनले भने, “नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक हो । यहाँ आउने हरेक पर्यटकलाई पहिलो अनुभव नै हस्पिटालिटीको हुनुपर्छ । त्यसैले पौवाले ‘आतिथ्यता र स्वाद’लाई आफ्नो मिशनको केन्द्रमा राखेको छ ।”

पछिल्लो समयको राजनीतिक आन्दोलन र आर्थिक अनिश्चितताले लगानीकर्तामा असर पारे पनि पर्यटन क्षेत्रको गति रोक्नु नहुने धारणा पौवाको रहेको छ । “हामीले अब हिचकिचाउने होइन, अघि बढ्ने समय आएको छ । तर, राज्यले उद्योगी व्यवसायीलाई लगानी मैत्री वातावरण रहेको विश्वास दिलाउनुपर्छ” उनले भने ।

त्यसैगरी, होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले नेपाली स्वादलाई विश्वस्तरमा पु¥याउने अभियानमा पौवा अघि बढिरहेको उल्लेख गरे । उनले भने, “नेपालमा ‘केही हुँदैन’ भन्ने सोच तोड्नुपर्छ। विषम परिस्थितिमा पनि हामीले एक सय शाखा विस्तार गर्ने लक्ष्यसहित नेपाली चेन होटललाई अन्तर्राष्ट्रियकरणतर्फ डो¥याइरहेका छौँ ।”

न्यौपानेका अनुसार पर्यटकमैत्री नीति, पूर्वाधार विकास र निजी क्षेत्रको लगानीलाई सरकार र समाजले साथ दिन सके नेपाल छिट्टै विश्वकै आकर्षक पर्यटन गन्तव्य बन्न सक्छ ।
होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले चितवन शाखालाई नेपालको हस्पिटालिटी नक्सामा अर्को महत्वपूर्ण माइलस्टोनका रूपमा वर्णन गरे ।

नेपालमा विदेशी शैलीका होटलहरू हावी भइरहेका बेला ‘होटल पौवा’ले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति दिने उद्देश्यसहित हस्पिटालिटी क्षेत्रमा नयाँ परिभाषा ल्याएको ज्ञवालीले बताए ।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनमा १६औं शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ ।
स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा दाल भात, तरकारी अचार समेटिएको नेपाली खाना “भातभान्छा”को प्रवद्र्धन सुरु गरिएको छ । भातभान्छालाई महिला कर्मचारीहरुले मात्रै सम्हाल्दै आएका छन् । “नेपाली खानालाई स्तरीय रेस्टुरेन्टमा पस्किने तयारीका साथ पौवाले आफ्नो छुट्टै ब्राण्ड भातभान्छा सुरु गरेको हो । ६ महिनाका बीच नेपालगन्ज र भैरहवाबाट सुरुगरेको यो ब्राण्डलाई निरन्तर विस्तारको योजना रहेको छ”, उपाध्यक्ष न्यौपानेले बताए ।
देशभर १ हजार भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् । विशेषतः यहाँका कर्मचारीहरूलाई पनि लगानीकर्ता बन्ने अवसर दिइएको छ, जसले पौवाको ‘साझा स्वामित्व र साझा सफलता’को भावना झल्काउँछ ।
विश्वशान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अब देशव्यापी अभियानमा रूपान्तरण भइसकेको छ । हस्पिटालिटी र स्वादको नेपाली पहिचानलाई विश्वमाझ पु(याउने ‘मिशन १०० पौवा होटल’ अभियानले चितवनबाट नयाँ अध्याय सुरु गरेको हो ।
FACEBOOK COMMENTS