प्रतिनिधिसभा बैठकमा विद्युत विधेयक पेशः विद्युत्मा जनताको पहुँच र आर्थिक विकासमा टेवा पुग्ने
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                 कर्पोरट खबर                              
                                                      
                          
                               8:11 pm, बिहीबार, असोज १८, २०८०
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               8:11 pm, बिहीबार, असोज १८, २०८०  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका छन् ।
त्यस अवसरमा उनले विद्युत उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए ।
आजको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का केन्द्रीय सल्लाहकार रहेका उनी विसं २०५६ सालमा नेपाली काँग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित र्भका थिए ।  पूर्वसामान्य प्रशासन मन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते विहान ११ बजे बस्नेछ ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS