काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बस्ने सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार आजको कार्यसूचीमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रममा रहेको छ ।
बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र ‘भन्सार महसुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।