काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत थप तीन वटा मन्त्रालयको विभिन्न शीर्षकमा छलफल हुनेछ ।
संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
बैठकमा सांसद डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अर्न्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसद दिलेन्द्र प्रसाद बडूले “विनियोजन विधेयक, २०८१ अर्न्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसद विना लामाले ूविनियोजन विधेयक, २०८१ अर्न्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
सांसद कान्तिका सेजुवालले “विनियोजन विधेयक, २०८१ अर्न्तगत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
ज्ञान बहादुर शाहीले “विनियोजन विधेयक, २०८१ अर्न्तगत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसद शान्ती विकले “विनियोजन विधेयक, २०८१ अर्न्तगत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
रोसन कार्कीले ूविनियोजन विधेयक, २०८१ अर्न्तगत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत निम्नलिखित मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।
FACEBOOK COMMENTS