काठमाडौं । नेपाली कांग्रेसका ६५ सहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।
विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङले ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेशनामामार्फत पूरक निवेदन दर्ता गराएको जानकारी दिइन् ।
भोलि नै संवैधानिक इजलासमा पेसी तोकिएको जानकारी उनले दिइन् ।
एमालेले यसअघि नै ७५ जनाको हस्ताक्षरसहित निवेदन दिइसकेको छ । मंगलबार कांग्रेसका ६५ बाहेक स्वतन्त्र, जनमत र जसपाका एक–एक सांसदको गरी ६८ जनाको हस्ताक्षर बुझाइएको जानकारी थिङले दिइन् ।
एमाले र कांग्रेससहिसतका गरी प्रतिनिधिसभाका बहुमत सदस्यले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेको उनको भनाइ छ । ‘एमालेका ७५ सांसदको हस्ताक्षर दर्ता भइसकेको छ । हाम्रो पनि ६८ गरी १ सय ४३ जना पुग्नुभएको छ । जुन प्रतिनिधिसभाको बहुमत हो ।
FACEBOOK COMMENTS