काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने घोषणा गरेका छन्।
नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै चुनावपछि संसदमा जाने आफ्नो पनि चाहना रहेको बताए।
उनले सरकार तोकिएकै समयमा निर्वाचन हुने दाबी गरे।’अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो चाहना छ। इच्छा छ,’ उनले भने।
कानुन बनाउने ठाउँमै गएर पत्रकाहरूको हकहितमा काम गर्ने उनको भनाइ थियो। मन्त्री खरेलले कहाँ र कुन पार्टीबाट चुनाव लड्ने भन्ने चाहिँ खुलाएनन्।
FACEBOOK COMMENTS