काठमाडौं। आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
संघीय संसद सचिवालयले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख डिपी अर्यालले बुधबार दिउँसो १ बजेदेखि बैठक बस्ने गरी निर्धारण गरेको जानकारी दिएको छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची यसअघि नै सार्वजनिक गरिएको छ ।