काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि संघीय संसदमा विचाराधीन ३० वटा विधेयक निष्क्रिय भएका छन्।
संविधानअनुसार, प्रतिनिधि सभा विघटन भएपछि त्यहाँ प्रस्तुत भई विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेका विधेयकलाई अघि बढाउन सकिँदैन । त्यसैले ति विधेयकहरु स्वत: निष्क्रिय भएका हुन् ।
तर, राष्ट्रिय सभामा उत्पत्ति भई त्यहीँ विचाराधीन रहेका विधेयक भने निष्क्रिय हुँदैनन्। हाल राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, चलचित्र विधेयक, पर्यटन विधेयक, सामाजिक सञ्जाल विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक गरि पाँच वटा विधेयक अहिले विधायन समितिमा रहेका छन्।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका सात विधेयक पनि यसपटक निष्क्रिय भएका छन्। संविधानको धारा १११ को उपधारा १०मा प्रतिनिधि सभा विघटन भएपछि विचाराधीन रहेका विधेयक निष्क्रिय हुने व्यबस्था गरिएको छ ।
यसरी, प्रतिनिधि सभा विघटनसँगै मुलुकमा महत्त्वपूर्ण विधेयकहरूको प्रक्रिया रोकिएको छ र अब नयाँ प्रतिनिधि सभा गठन भएपछि मात्र ती पुन: संसदमा ल्याउन सकिनेछ।
FACEBOOK COMMENTS