काठमाडौं । अफगानिस्तानबाट चार्टर्ड बिमानमार्फत एक जना महिलासहित १२७ जना नेपाली आज मंगलबार बिहान काठमाडौं आइपुगेका छन् ।
अफगानिस्तानमा काम गरिरहेका उनीहरू त्यहाँबाट कुवेत हुँदै आज काडमाडौं आइपुगेका हुन् । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले जजिरा एयरलाइन्सको चार्टर्ड जहाजमामार्फत काठमाडौं ल्याएको हो ।
नेपाल आइपुगेका नेपाली नागरिकको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । नेपाल आइपुगेकाहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा व्यवस्थापन गरेको छ ।
काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं। धेरै धन्यवाद।🙏 pic.twitter.com/CyM7TqTdQw
— U.S. Embassy Nepal (@USEmbassyNepal) August 17, 2021
FACEBOOK COMMENTS