काठमाडौं, उच्च शिक्षाका े अध्ययनका लागि पुर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाह अमेरिका जाने भएका छन् । हृदयन्द्र रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ पास गरेका थिए । अमेरिका जानका लागि सबै प्रक्रिया पुरा भइसक्को र केहि दिनपछि नै उनी अमेरिका जाने निर्मल निवासले जनाएको छ ।हृदयले अमेरिमा स्थित अध्ययन गर्ने विश्वविधालयको नाम भने गाप्य राखिएको छ। पूर्व नवयुवराज समेत रहेका हृदयेन्द्रको जेठ ९ गते कक्षा१२ को पढाई पुरा गरेर अनलाइनबाट दीक्षित भएको फोटो तथा शैक्षिक प्रमाण फेसकुकमार्फत सार्वजनिक भएको थियो ।
शैक्षिक प्रमाण उनकाो नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ।हृदयेन्द्रले काठमाँडौको स्रुमा रुपिज इन्टरनेश्नल स्कुल त्यसपछि लिंकन स्कुलमा अध्ययन रेका हुन । सन् २००२ नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन । उनका दुई दिदिहरु पुर्णिका र कीर्तिकाले थाइल्यान्डमा अध्ययन गर्दै आएका छन् ।
FACEBOOK COMMENTS