बैंकक । हुवावे र एएसईएन फाउन्डेसनको संयुक्त आयोजनामा हुवावे डिजिटल एण्ड इन्टेलिजेन्स–एपीएससी कङ्ग्रेस थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ ।
१५औँ एशिया प्यासिफिकमा देश क्षेत्रबाट दुई हजार भन्दा बढी सरकारी अधिकारीहरू, विद्वानहरू, साझेदारहरू र विश्लेषकहरू यो सम्मेलनमा सहभागी थिए । सहभागीहरूले डिजिटल एण्ड इन्टेलिजेन्स क्षेत्रको विकास गरी डिजिटल र बुद्धिमान एशिया प्यासिफिकमा निर्माण गर्ने तरिकाहरूबारे व्यापक छलफल गरेका छन् ।
हालसम्म, हुवावेले एशिया प्यासिफिकमा एक लाख भन्दा बढी उद्यम साझेदारहरूको डिजिटल रूपान्तरण गर्न सहयोग गरेको छ । निरन्तर प्राविधिक आविष्कारमार्फत, हुवावेले यस क्षेत्रलाई अग्रणी नेटवर्क र डाटा केन्द्र पूर्वाधार निर्माण गर्न मद्दत गर्दछ । स्थानीय ग्राहकहरूको व्यावसायिक आवश्यकताहरू पूरा गर्न हुवावेले ओपेनल्याब्स, फाइभ–जी संयुक्त आविष्कार प्रयोगशालाहरू र अन्य प्लेटफर्महरू निर्माण गरेको छ ।
सब्रिना मेङ्ग, बोर्डकी उप–अध्यक्ष र ह्वावेको सी एफ ओले भिडियोमार्फत उद्घाटन मन्तव्य दिँदै भनिन्, ‘एशिया–प्यासिफिक विश्वको सबैभन्दा उज्यालो क्षेत्रहरू मध्ये एक मात्र होइन, यो डिजिटल अर्थतन्त्रको विकास गर्ने प्रयास गरिराखेका अन्य क्षेत्रहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ । यस प्रक्रियाको हिस्सा हुन पाउन ह्वावेकोको लागि सम्मानको कुरा हो । यस क्षेत्रको डिजिटल रूपान्तरणलाई हाक्ने, अद्भुत ग्राहकहरू र साझेदारहरूसँग काम गर्न पाउँदा प्रहर्षणमा छु ।’
एएसईएन फोर कम्युनिटी एण्ड कोर्प्रेटका उप–महासचिव, महामहिम नारार्य एस ओएप्राप्टोले ‘ग्रोथ इन्जिन अफ थाइल्याण्ड’ नीति अन्तर्गत डिजिटल र बौद्धिक रूपान्तरणको गतिलाई आफ्नो प्राथमिकताको रूपमा उल्लेख गरे । उनले देशको समग्र डिजिटल मानव पुँजी सुधार गर्न यी रूपान्तरणका फाइदाहरू पेश गरेका छन् ।

हुवावेका वरिष्ठ उपाध्यक्ष र हुवावे इन्टरप्राइज सेल्सका अध्यक्ष लिओ चेन डिजिटल एण्ड इन्टेलिजेन्स इन्फ्रास्ट्रक्चरलाई सम्भाव्यता र उत्पादकत्वलाई मुक्त गर्ने चाबीको रूपमा श्रेय दिए । उनले भने, ‘हुवावे, हाम्रो फुल–स्ट्याक प्रविधि र समाधान क्षमताहरू प्रयोग गर्न र ग्राहकहरूको लागि थप मूल्य सिर्जना गर्न साझेदारहरूसँग काम गर्न तयार र इच्छुक छ ।’

हुवावे एशिया प्यासिफिक क्षेत्रका अध्यक्ष साइमोन लिनले अर्थतन्त्र र समाजमा प्रविधिलाई एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, ‘हुवावे प्राविधिक आविष्कारकर्ता, उद्योगको अग्रगामी र स्थानीय योगदानकर्ता बन्न प्रतिबद्ध छौँ । लगभग १० हजार उद्यम र क्लाउड साझेदारहरूसँग, हामी तीव्र गतिमा डिजिटल र बौद्धिक एशिया प्यासिफिक क्षेत्रको वृद्धिका लागि दृढ सङ्कल्प गर्दछौँ ।’

हुवावे नेटवर्क समिट, इनोभेटिभ डाटा इन्फ्रास्ट्रक्चर फोरम, ग्लोबल अप्टिकल समिट, र हुवावे क्लाउड स्ट्याक समिट लगायतका भविष्यका सम्मेलनहरू र उत्पादन प्रक्षेपणका योजनाहरूसहित सम्मेलन सम्पन्न भयो । हुवावेले ग्लोबल ईएसपी शिखर सम्मेलन एशिया–प्यासिफिक र ग्लोबल म्यानुफ्याक्चरिङ एण्ड लार्ज इन्टरप्राइज समिटमा उद्योग समाधानहरू जारी गर्ने योजना पनि बनाएको छ ।
प्रमुख नेताहरू, इन्डोनेसियाका प्रेसिडेन्सियल स्टाफका प्रमुख जनरल (निवृत्त), डा. मोइल्डोको र एएसईएएन फाउन्डेसनका कार्यकारी निर्देशक डा. पीटी श्रीसंग्नम पनि कङ्ग्रेसमा उपस्थित थिए ।