काठमाडौँ । कानून व्यवसायीहरुको एक समूहले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध न्यायपालिका सुचारुका लागि हस्ताक्षर संकलन सहित इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग गरेको छ । मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाउँदै सेतो पट्टि लगाएर प्रर्दशन गरीरहेका वकिलहरुले न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्धाको सुनुवाइमा फर्कन माग गरेको हो ।
मुद्धा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको प्रदर्शनमा सहभागीहरुले टिप्पणी गरेका छन् ।
सर्वाच्चका न्यायधीशहरुले इजलास वहिस्कार गर्दा बन्दी, बालबालिका, ज्येष्ठ नागरिक लगाएत सिमान्तकृत र निमुखा वर्गका आवाजहरु दवाइएको भन्दै यो गम्भीर मानव अधिकारको उल्लंघनको घटनाका रुपमा लिन आयोग संग उपयुक्त छानविनको माग पनि राखेको छ ।
ज्ञापनपत्र बुझाउदै अधिवक्ताहरुले आम जनताको न्यायमाथिनै कुठराघात भएकाले मानव अधिकारको ढोका ढकढक्याउनु परेको प्रतिक्रिया दिएका थिए ।
अधिवक्ताहरुले सर्वाच्चका न्यायाधीसहरुले इजलास वहिस्कार गर्नु मानवता विरुद्धको अपराध भएकाले यसमा राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट छानवीन र अनुगमन हुनुपर्ने माग पनि गरेका छन् ।
प्रधानन्यायाधीश हटाउन कल्याण श्रेष्ठको नयाँ टुईस्ट
FACEBOOK COMMENTS