कास्की । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका ३ नालामुखस्थित सिन्धु खाजा घरका संचालक २३ वर्षीय सिन्धु किसानलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुले बालिकालाई ललाई फकाई विभिन्न प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS