काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ मा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नम्बर १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय द्धन् सेवाबाट लाभान्वित भएको टेलिकमले जनाएको छ ।
हुम्ला जिल्लाकै चंखेली गाउँपालिका–६ मा पनि नेपाल टेलिकमले भाद्र २७ गते बाट टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । फोरजी सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नम्बर ४, ५ र ६
अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय सेवाबाट लाभान्वित भएका छन् । नेपाल टेलिकमले दूर
दराजका क्षेत्रमा सञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
FACEBOOK COMMENTS