काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका २७ मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील सूचीमा राखिएको छ ।
२१ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्यको सुचिमा राखिएको छ ।
अतिसंवेदनशिल मतदान स्थलमा ८९ जना नेपाल प्रहरी, २८४ जना निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ ।
२१ वटा संवेदनशील मतदान स्थलमा ६५ जना नेपाल प्रहरी र १२८ जना निर्वाचन प्रहरी परिचालन हुने र १३ वटा सामान्य मतदान स्थलमा ३९ जना नेपाल प्रहरी ६५ जना निर्वाचन प्रहरी खटिने छन् ।
हुम्ला जिल्लाभर ६१ मतदान स्थलमा ६४ मतदान केन्द्र छन् ।

FACEBOOK COMMENTS