काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले, हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर को विजेता आधिकारिक रूपमा घोषणा गरेको छ ।
यस भव्य अफरको महापुरस्कार, हुन्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको छ ।
फेस्टिभ डिलाइट २०८१’ अफर नेपालको सबैभन्दा ठूलो चाडपर्व दशैं र तिहारको अवसरमा सुरु गरिएको थियो । यो अभियान भदौ ६ गते देखि कात्तिक २३ गते, २०८१ सम्म सञ्चालनमा थियो, जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रीहेंसिव बीमा, र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनस लगायतका विविध लाभहरू प्रदान गरेको थियो ।
यो अभियानले देशभरका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरी हुन्डाई नेपालद्वारा आयोजित सबैभन्दा सफल अफरहरू मध्ये एक बनेको छ
FACEBOOK COMMENTS