काठमाडौं । हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोड लगायतका क्षेत्रबाट गएराति पक्राउ गरेको हो ।
विभागको टोलीले क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ हजार डलर र २ करोड १५ लाख बरामद गरिएको छ ।
अवैध धन्दामा लागेको आशंकामा उनलाई पहिलेदेखि नै विभागको टोलीले निगरानीमा राखेको थियो । गएराति कारोबार गरिरहेकै अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।
राजस्वको हिरासतमा रहेका उनीसँग अन्यको संलग्नता साथै थप विवरणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS