काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र कोशी प्रदेशका विभिन्न स्थानमा भोलि र पर्सि तीव्र हावाहुण्डरी चल्ने पूर्वानुमान गरेको छ ।
भोलि लुम्बिनीको दाङ र नेपालगञ्जसहित तराई क्षेत्र आसपासका जिल्ला र पर्सि कोशीको विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने पूर्वानुमान विभागको छ । उक्त हावाहुरीको वेग ३३ मिटर प्रतिसेकेण्ड वा ११९ किलोमिटर प्रतिघण्टा रहने पनि बताइएको छ ।
विभागद्वारा आज जारी सूचनामा हावाहुरीले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

FACEBOOK COMMENTS