काठमाडौं । सिटी होटल अन्तर्गत हायात प्लेस सञ्चालनमा आएको दुई वर्षमै आफ्नो रिब्राण्डिङ गरेको छ । हायात होटल्स कर्पोरेसनसँग सम्झौता गरेर होटललाई २० करोड लगानीमा हायात प्लेस ‘हायात सेन्ट्रिक’मा रुपान्तरण गरेको हो ।
कम्पनीका कार्यकारी निर्देशक अक्षय गोल्यानले हायात सेन्ट्रिक नामका लागि सम्झौता भैसकेको बताए ।
उनले भने, ‘सेन्ट्रीकको मूल प्रवेशद्वार कोठा, रेष्टुरेन्ट, बैंक्विट लगायत रिनोभेसन गरिने छ । अपरेसन प्रभावित नहुने गरेर हायात सेन्ट्रिक रुपान्तरण हुनेछ ।’
६ महिनाभित्र नै हायात सेन्ट्रिकको नामबाट सञ्चालनमा आउने उनले बताए । १५३ कोठाहरु रहेकोे हायात सेन्ट्रिकमा रुपान्तरण लगत्तै सेवा थप प्रभावकारी हुने उनको भनाइ छ । साथै, बैंक्वेटमा ६ सय भन्दा माथिलाई सेवा उपलब्ध गराउन सकिने क्षमतामा विकास गरिने उनले बताएका छन् ।
यसैगरी उनले दुई महिनाभित्र क्यासिनो सञ्चालनमा ल्याउने बताए । क्यासिनो सञ्चालनको लागि श्रीलंकाली र्याक इन्टरनेशनलले जिम्मेवारी लिएको छ । अहिले क्यासिनोको डेकोरेसनको काम भइरहेको छ ।
FACEBOOK COMMENTS