काठमाडौं । फेदीखोला हाइड्रो पावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच लगानी गर्न सम्झौता भएको छ ।
४.३ मेगावाटको फेदीखोला थुम्लुङ्ग जलविद्युत् आयोजनामा वाणिज्य बैंकले ऋण लगानी गर्ने बारे साउन १७ गते सम्झौता भएको हो ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माण गरिरहेका फेदीखोला थुम्लुङ्ग जलविद्युत् आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हो ।
कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि साउन महनिाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरि स्वपुँजी ४४ करोडको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ यहि आर्थिक वर्ष भित्रमा निष्काशन गरिने लक्ष्य रहेको छ ।
२०८२ असोजभित्र सम्पन्न हुने यस आयोनाको लागि आवस्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ ।
FACEBOOK COMMENTS