काठमाडौं । नेपाल उद्योग परिसङ्घ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ पदाधिकारीले आज राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् ।
परिसङ्घका अध्यक्ष अग्रवालले चीन विकासको महत्त्वपूर्ण साझेदार रहेको बताउँदै नेपालपछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताए । उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायत क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरे । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्याउन सहयोग गर्न पनि उनले चिनियाँ राजदूतसँग आग्रह गरे ।
अध्यक्ष अग्रवालले परिसङ्घ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड ९सीसीपीआइटी० बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागिएकोसमेत राजदूत सोङलाई जानकारी गराए ।
सो अवसरमा चिनियाँ राजदूत सोङले नेपालले जलविद्युत्लगायत प्राकृतिक स्रोतको प्रयोगमार्फत विकास गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि दीर्घकालीन विकास रणनीति आवश्यक रहेकोमा जोड दिए । उनले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युत् प्रयोग बढाउनुपर्ने सुझाव दिए । विद्युत् प्रयोग बढ्दा आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो । परिसङ्घले औद्योगिक विकासका लागि काम गर्दै आएको बताउँदै उनले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो ।
FACEBOOK COMMENTS