काठमाडौं । सिटिजन्स क्यापिटल र युनाइटेड मेवाखोला हाइड्रोपावर बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा युनाइटेड मेवाखोला हाइड्रोपावर कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटले युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
युनाइटेड मेवाखोला हाइड्रोपावरले निमार्ण गरिरहेको आयोजना“मेवा खोला जलविद्युत आयोजना”ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ । आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
FACEBOOK COMMENTS