काठमाडौं । बाढीले भोजपुर जिल्लाको इर्खुवा खोलामा निर्माणाधिन जलविद्यसुत आयोजनामा क्षति पुगेको छ भने दुई जना कर्मचारी बेपत्ता भएका छन् ।
गएराति आएको बाढीले इर्खुवा हाइड्रोपावरमा रहेका २ जना कामदार बेपत्ता भएका छन् ।
बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का श्याम चौधरी र रमेश चौधरी वेपत्ता छन् भने राम कुमार चौधरीलाई करिब १ किमी तल घाइते अवस्था भेटिएको छ ।
१ जना स्थानीय महिला पनि वेपत्ता भएको भोजपुर प्रहरीले जनाएको छ । वेपत्ता दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । यता आयोजनामा जडान गरेको ५ किलोमिटर पाईप समेत बगाएको छ ।
बाढीले लेबर क्याम्प, क्रसर पनि बगाएको छ ।
FACEBOOK COMMENTS