काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले आज कार्यालय समयभित्र मात्रै आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले ४ करोड ९२ लाख ५० हजार रुपैयाँको आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । कम्पनीले सय रुपैयाँका दरले ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको हो ।
आईपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका-१ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS