काठमाडौं । दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडको सहकार्यमा “हाइड्रो पावर कस्टमर मिट” कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ।
कार्यक्रममा हाइड्रो परियोजना सञ्चालकहरू, ठेकेदारहरू तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले स्वागत मन्तव्यसहित गरे । उनले नेपालका हाइड्रोपावर परियोजनाहरूमा दिगो सहकार्यको महत्वमाथि प्रकाश पारे ।
एमभी दुगड समूहको व्यवसायिक पोर्टफोलियो सम्बन्धी प्रस्तुति कार्यकारी निर्देशक शुभम दुगडले दिए । जसमा समूहको विविध व्यावसायिक क्षेत्र तथा पूर्वाधार विकासमा योगदानबारे जानकारी दिइएको थियो ।
जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास तथा अन्तर्राष्ट्रिय उपलब्धिहरूका बारेमा जानकारी गराए । सौरभ गुप्ताले टाटा हिटाचीका एक्स्काभेटर तथा ब्याकहो लोडरको उत्पादन दायरा, तिनको हाइड्रो परियोजनामा प्रयोग, कार्यक्षमता तथा फाइदाहरूबारे विस्तृत जानकारी दिए ।

त्यसैगरी सोही कार्यक्रममा हाइड्रोपावर कन्ट्रक्सनको कामको लागि उपयुक्त हुने मेसिनहरूको बारेमा व्यापार प्रमुख निरज सापकोटाले विस्तृत जानकारी दिए ।
