काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयरमा कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । यसमा पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक तथा कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् । यस्तै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS