काठमाडौं । नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
। ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्राण्डको रूपमा स्थापित गरिसकेको छ ।
कम्पनीका अनुसार नयाँ क्रेटा ईभी को आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउने छ । धेरैलाई ईभी खरिद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्राण्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ । तर, हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडेलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई दुवै मोडेलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिदपछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन ।
साथै, लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन चार्जिङको नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरूमा रि–ल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारू भइसकेको छ । यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्टस र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियानअन्तर्गत कम्पनीले ९ असारमा हिम इन्टरकन्टिनेन्ल प्रालि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट सुर्खेत रोड, नेपालगञ्जमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभी सहित हुन्डाईका अरू नयाँ मोडेलहरू पनि प्रदर्शन गरिए ।
कार्यक्रममा ग्राहकको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रूपमा देखियो । प्रतिक्रिया र सहभागिता उल्लेखनीय रूपमा रह्यो । पछिल्ला कार्यक्रमहरूको रेकर्ड तोड्दै सोही स्थानबाट क्रेटा ईभी का ४ भन्दा बढी युनिटको बुकिङ कन्फर्म गरियो । जसमा कार्यक्रम स्थलबाट ४ वटा क्रेटा ईभी ग्राहकहरूलाई हस्तान्तरण पनि गरियो । यसले प्रमाणित गर्छ कि यस क्षेत्रका मानिसहरूले हुन्डाईप्रति अद्वितीय विश्वास र भरोसा राखेका छन् ।
सायद, यस क्षेत्रमै हुन्डाईको एसेम्बली प्लान्ट रहेकोले यहाँका मानिसहरूमा हुन्डाईको गाडी र सेवाप्रति बलियो विश्वास रहेकाे हुन सक्छ । कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS