काठमाडौं । हुन्डाईका सवारीसाधनका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सार्वजनिक गरेको ’दसैँ–तिहार, १० गुणा उपहार’ योजनाअन्तर्गत धनगढीका अभिषेक चौधरीले १० लाख रुपैयाँ जित्न सफल भएका छन् ।
उनले हुन्डाईको क्रेटा गाडी खरिदमा स्क्र्याच कार्डमार्फत रकम प्राप्त गरेका हुन् । यो योजना भदौ २ गतेदेखि सञ्चालनमा आएको हो ।
गत भदौ २ मा सुरु भएको अभियानअन्तर्गत ग्राहकले आठ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको बोनस, एक वर्षको नि:शुल्क व्यापक बिमा र सडक कर सहितका रोमाञ्चक पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी र ६ वर्षको नि:शुल्क सर्भिसिङ पनि उपलब्ध हुनेछ । ’दसैँ–तिहार, १० गुणा उपहार’ उत्सव अभियानको अनुभव लिन आफ्नो नजिकको हुन्डाई सोरुममा गएर उत्सवमा भाग लिन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ ।
FACEBOOK COMMENTS