काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँवर्षलाई स्वागत गर्दै “हुन्डाई संग शुभ यात्रा २०८३” अफर घोषणा गरेको छ।
यस नयाँ वर्षहुन्डाई सँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन्। यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुन्डाईमोडेलहरूमा रु। १,७५,००० सम्मनगद छुटरकम रु ९६,००० सम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन्।
साथै, एक वर्षसम्मको नि:शुल्कबीमा र सवारी कर, साथै मुल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्नेअनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउँछ।
यस अफरलाई अझ आकर्षक बनाउँदै, हुण्डाईले आफ्ना भरपर्दा बिक्रीपछिका सेवाहरू पनिनिरन्तर दिँदै आएको छ। यसअन्तर्गत ६ वर्षसम्मको नि:शुल्क सर्भिस र ३ वर्षको वारेन्टी समावेश छ, जसले गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउँछ।
नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै, हुन्डाई नेपालले पछिल्लो दुई वर्षदेखिक्रेटा र स्थल जस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको छ, जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ। ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएकोयस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवर्द्धन र औद्योगिक विकासमा योगदानपुर्याइरहेको छ।

लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाईग्राहकहरूका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ।हुन्डाई नेपाल ले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै, नजिकको हुन्डाईसोरुममा गई यस अफरबारे जानकारी लिन र २०८३ को सुरुवात विशेष सुविधासहित मनाउन सबैलाईआमन्त्रण गरेको छ।

FACEBOOK COMMENTS