काठमाडौं। हुन्डाई नेपालले अब आउने नेपाली नयाँ वर्ष लक्षित हुन्डाईसँग नयाँ वर्ष २०८० अफर योजना सार्वजनिक गरेको छ।
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि लागु हुने गरि उक्त नयाँ वर्ष अफर योजना सार्वजनिक गरेको हो।
कम्पनीले ल्याएको उक्त अफर योजनामा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन्।
यसैगरी, ८० हजार रुपैयाँ नयाँ वर्षको बोनसस्वरुप प्राप्त हुने कम्पनीले उक्त अफर योजनामा जनाएको छ।
साथै, अर्को ८० हजार रुपैयाँ एक्सचेन्ज गर्नेहरुका लागि बोनस दिइने कम्पनीको भनाइ छ।
यस्तै, मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ।
अन्य अफर योजनाहरुमा कम्पनीले १ वर्षको बीमा र सडक कर निःशुल्क हुने छ।
यो अफर आजबाट एक महिनासम्मको लागि संचालन हुनेछ।
FACEBOOK COMMENTS