काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू निजी क्षेत्रसँग अर्थपूर्ण र प्रभावकारी सहकार्यका लागि तयार रहेको बताएका छन् । विकासका लक्ष्य हात पार्नका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक हुन उनको भनाइ छ ।
नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरु भएको कार्यक्रममा प्रधानमन्त्रीले निजी क्षेत्रलाई उत्प्रेरित गर्न सरकार तत्पर रहेको बताएका हुन् ।
बजेट निर्माणको समयमा सरकारले स्रोतको पहिचान र अवधारणको खोजी गरिरहेको बेला यो सघन सम्मेलन आयोजना भएकोमा उनले खुसी व्यक्त गरे ।
नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था यसअघि नै गरेको उनको भनाइ छ। विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको उनको भनाइ छ ।
‘हाम्रा विकासका लक्ष्य हात पार्नका लागि चाहिने वित्तीय स्रोतको ग्याप पूरा गर्नका लागि उपयुक्त हुने लगानीको उपयुक्त अवधारणाको खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ । यसले हामीलाई मार्गदर्शन गर्नेछ’ उनले भने ।
लगानी बोर्डको कार्यालय तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सयुक्त आयोजनाममा अन्तर्राष्ट्रिय लगानी सम्बन्धिको सम्मेलन सुरु भएको हो ।
FACEBOOK COMMENTS