काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमाले ओली प्राइभेट लिमिटेड बनेको टिप्पणी गरेका छ ।
नेपाली कांग्रेसले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा बुधबार बिहान आयाेजना गरेकाे दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले अब एमालेमा ओलीको गलत कार्यको विरोध गर्ने कोही नभएको धारणा राखेका हुन्।
त्यस क्रममा उनले भीम रावलले अलिअलि विरोध गर्ने प्रयास गरेको तर उनी निरीह देखिएको बताए। ‘विचरा! भीम रावल, भीम रावल देख्दा माया लाग्छ,’ थापाले भने। अब एमालेमा अध्यक्ष केपी शर्मा ओलीकाे गलत कार्यशैलीकाे विराेध गर्ने नेता भीम रावल र घनश्याम भुसाल दुई जना मात्र बाँकी रहेकाे नेता थापाले बताए। नेता थापाले एमालेमा बाँकी सबै बा भन्नेहरु मात्र रहेकाे टिप्पणी गरे।
FACEBOOK COMMENTS