काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्।
उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताए।
श्रेष्ठले आफ्नो भनेर मिडियामा आएको अडिओलाई सम्पादन गरिएको दाबी गरेका छन्।.
पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताए।
उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु। यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो।’
‘अहिले मैले बोलेको (कुरालाई) अर्को बनाएर पनि बाहिर ल्याउन सकिन्छ। ह्वाट्स् एपमा कुरा गरिएको भनिएको छ। मेरा कुराहरु कहाँ–कहाँ जोडेर मिडियामा आएको छ’, उनले भने।
उनलाई पार्टीले भने निलम्बित गरेको छ। उनले निलम्बनको प्रक्रियालाई स्वागत गरेको बताए।
FACEBOOK COMMENTS