काठमाडौँ । पुँजीबजार सुद्दीकरण बृहत कार्यदलका पदाधिकारीहरु र अर्थमन्त्री जनार्दन शर्मा बिच आज भेटबार्ता भएको छ । अर्थमन्त्री सँगको भेटमा पुँजी बजारको बर्तमान अवस्था , सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ति साथै ५८ बूँदेका बाँकी काम तथा तत्काल सुधार हुनुपर्ने कार्य बारेमा छलफल गरिएको थियो ।
अर्थमन्त्री शर्माले पुँजी बजारको दिगो बिकास र बिस्तारको लागि आफु लागि परेको बताएका छन् । शर्माले कार्यदलले उठाएका मागहरु धितोपत्र बार्ड नेप्सेको प्रमुखको नियुक्ति सँगै पुरा गर्ने विश्वास पनि दिलाएका छन् ।
FACEBOOK COMMENTS